कार्यान्वयनको दिशामा एमसीसी सम्झौताः अमेरिका

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै अब कार्यान्वयनको दिशामा अघि बढेको अमेरिकाले प्रतिक्रिया दिएको छ ।

आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च घट्ने बताएको हो ।

दूतावासले ‘अब पाँच–वर्षीय कार्यक्रम कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको पनि जनाएको छ । झण्डै २० वर्षअघि एमसीसी स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभरी गरिबी निवारणमा मद्दत गरेको उल्लेख गर्दै दूतावासले आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचार विरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी एमसीसीले सम्झौता गर्ने जनाएको छ ।

यो वर्ष नेपाल र अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष रहेको जनाउँदै दूतावासले यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएको उल्लेख गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780