कंचनरुपमा व्यवहारिक वक्तृत्वकला प्रतियोगिता

राजविराज, १६ फागुन । सप्तरीको कंचनरुप नगरपालिकामा व्यवहारिक वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको छ । सगरमाथा साहित्य परिषदको आयोजनामा फागुन २५ गते हुने प्रतियोगिताबाट विद्यार्थीको मनोभाव बुझ्ने र शिक्षा क्षेत्रको विकासका लागि सुझावहरु संकलन गर्ने जनाएको छ ।

राजविराजमा सोमवार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सोबारे जानकारी गराएको हो । सोही कार्यक्रममा कन्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले जिल्लाका सम्पुर्ण शिक्षण संस्थाबाट कक्षा ९ देखि १२ मा अध्ययनरत एक–एक जना छात्रछात्रालाई विद्यालयको सिफारिसमा सहभागी हुने बताए ।

सहभागीमध्येका अन्तिम चरणमा उत्कृष्ट १५ जनालाई तीन शिर्षकमध्ये गोलाप्रथाबाट छनौट गरि एक शिर्षकमा ७ मिनेट बोल्न समय उपलब्ध गराइने प्रमुख मिश्रले बताए । दुबै चरणमा सर्वोत्कृष्ट हुनेलाई प्रथम पुरस्कार ११ हजार रुपैयाँ, द्वितीय पुरस्कार ८ हजार रुपैयाँ, तृतीय पुरस्कार ५ हजार हजार र शान्तवना पुरस्कार २ जनालाई जनही २–२ हजार तथा ५ जनालाई जनही १–१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार, प्रमाणपत्र र उपहार प्रदान गरिने आयोजकले जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस