लागुऔषधसहित तीन युवक पक्राउ

झापा । झापामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेचीनगर–३ का १९ बर्षीय अविषेक श्रेष्ठ, इलामको माईजोगमाई–१ का २३ बर्षीय जोसेफ थापा र भारतको दार्जेलिङका २२ बर्षीय अनमोल प्रधान छन् ।

मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट पक्राउ परेका उनीहरुको साथबाट श्रेष्ठ र प्रधानको साथबाट ब्राउन सुगर २५० मिलिग्राम, २०४ पिस वीन्डलस वीन्सपास्मो फोर्ट क्याप्सुल र एक पिस नाइट्रोसन ट्याब्लेट बरामद भएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

त्यस्तै, वडा नम्वर ६ स्थितबाट पक्राउ परेका थापाको साथबाट ९ ग्राम ब्राउन सुगर बरामद भएको छ । तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस