सडक दुर्घटना हुँदा सप्तरीका एकसहित दुई जनाको मृत्यु

विराटनगर । मोरङ र धनकुटामा दुर्घटना हुँदा सप्तरीका एक व्यक्तिसहित दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ दुर्गा चौकस्थित भित्रि सडकखण्डमा गए राति दुर्घटना भएको हो ।

को १४ प ९४५८ नम्वरको स्कुटी अनियन्त्रित भएर विजुलीको पोलमा ठक्कर दिएको थियो । ठक्करबाट स्कुटीमा सवार सप्तरी निवासी विराटनगर–३ बस्दै आएका ३६ वर्षीय हरी भुजेलको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका भुजेलको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

त्यस्तै, धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को २ त ७११ नम्वरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा पाख्रीवास–६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भएका थिए । राइको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस