‘त्रास एक खौफ’ चलचित्रको छायांकन सुरु

राजविराज । मैथिली र भोजपुरी भाषामा निर्माण हुन लागेको कथानक चलचित्र ‘त्रास एक खौफ’को छायांकन विहिवारबाट सुरु भएको छ ।

शर्मा क्रिएसन रेकर्डिङ स्टुडियोले ‘त्रास एक खौफ’ चलचित्र निर्माण गर्न लागेको हो । सप्तरी जिल्लाको विभिन्न ठाउँमा छायांकन गरिने सो चलचित्रको पहिलो दिन रुपनी गाउँपालिकास्थित एबी वान इट्टा उद्योगमा छायांकन गरिएको छ ।

दोश्रो दिन राजविराजको पुरानो गेष्ट हाउस र कोशी ब्यारेजसहितका ठाउँमा छायांकन भइरहेको छ । सन् २०२२ भित्रै रिलीज गर्ने लक्ष्य रहेको चलचित्रमा नेपाली तथा भोजपुरी जगतका चर्चित कलाकारहरु ध्रुव कोइराला, आयात खान लगायतका अभिनय रहने क्रिएसनका सञ्चालक तेजनारायण शर्मा (चुनु) ले जानकारी दिए ।

उनका अनुसार चलचित्रको लेखक तथा निर्देशक निराजन मेहता ‘मञ्जित’ हुन् । फिल्मको निर्माता भने रामजानकी रहेको डाइरेक्टर अफ फोटोग्राफी समेत रहेका क्रिएसनका सञ्चालक शर्माले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस