उत्तर प्रदेश चुनाव : जनताले बीजेपीलाई किन भोट हाले ?

भारतीय जनता पार्टी (बीजेपी) ले उत्तर प्रदेशदेखि उत्तराखण्ड, मणिपुर र गोवामा जित हासिल गर्दै सरकार बनाउनेतर्फ अघि बढेको छ । उत्तर प्रदेशमा बीजेपीले २५० भन्दा बढी, उत्तराखण्डमा ४५ भन्दा बढी, गोवामा २० र मणिपुरमा ३२ वटा सिटमा जित हासिल गरेको छ ।

यसअघिसम्म अधिकांश विश्लेषकहरुले बीजेपीलाई चुनावमा कठिन हुनसक्ने आकलन गरेकाले उक्त नतिजालाई अत्यन्त महत्वपूर्ण मानिन्छ । मूल्यवृद्धि, बेरोजगारी, किसान आन्दोलन, आवास र पशु सम्बन्धी समस्या तथा पछिल्लो पटक दोस्रो लहरको कोरोना भाइरसले निम्तिको समस्याका कारण सर्वसाधारणहरु असन्तुष्ट देखिएकाले बीजेपीलाई चुनावमा कठिन हुनसक्ने आकलन गरिएको थियो ।

सो चुनावले समाजवादी पार्टीको सरकार बन्नसक्ने विश्लेषकहरुको भनाई थियो । तर, विहिवार आएको चुनावको नतिजाले सो विषयहरुबाट चुनावमा कुनै असर परेको देखिदैन् । नतिजाले समाजवादी पार्टीलाई विपक्षमा खडा गरेको छ भने कुनै बेला अत्यधिक बलियो मानिएको कांग्रेस र बहुजन समाज पार्टीले पनि अपेक्षाअनुकुल मत ल्याउन सकेको छैन् ।

आखिर, चुनावमा त्यस्तो के भयो ?, बीजेपीले कसरी जिते ?, बीबीसी हिन्दीले सो प्रश्नहरुबारे हिन्दू विजनेसलाइन अखबारका राजनीतिक सम्पादक पूर्णिमा जोशी, वरिष्ठ पत्रकार सुहास पलशिकर र वरिष्ठ पत्रकार सीमा चिश्तीसँग कुराकानी गरेको छ ।

बीजेपीकै जीत कसरी ?

भारतीय जनता पार्टीले भारतमा राजनीतिक रुपमा अत्यधिक प्रभावशाली मानिएको उत्तर प्रदेशमा लगातार दोस्रो पटक जित हासिल गरेको छ । जितसँगै योगी आदित्यनाथ बीजेपीका प्रभावशाली नेताका रुपमा अघि आएका छन् ।

मूल्यवृद्धि, बेरोजगारी, किसान आन्दोलन, आवास र पशु सम्बन्धी समस्या तथा पछिल्लो पटक दोस्रो लहरको कोरोना भाइरसले निम्तिको समस्याका कारण सर्वसाधारणहरु असन्तुष्ट रहेको बेला बीजेपीले चुनावमा कसरी बहुमत हासिल गर्न सके ।

विहिवार विहानदेखि सार्वजनिक भइरहेको नतिजाहरुलाई सूक्ष्म रुपमा हेरेपछि वरिष्ठ पत्रकार सुहास पलशिकरले बीजेपीको जित उनकै विशेष राजनीतिक कौशलताले भएको बताए । ‘बीजेपीले यस्तो स्किल हासिल गरेको छ की जसको कारणले सर्वसाधारणलाई प्रभावित गर्दै मतदानसम्म पुर्याउँछ, मतदानमा मुद्दा महत्वपूर्ण मानिन्छ । जसमा पहिलो मुद्दा हो हिन्दु र मुस्लिमबीच सांप्रदायिक विभाजनका मुद्दा’ उनले भने–‘बीजेपीले एक हिन्दु भोट बैंक तयार गरेको छ, बीजेपीले स्पष्ट रुपमा भनेको छ की यो पार्टी मोदी ज्यूको पार्टी हो, र यो व्यक्तित्वको असर सर्वसाधारणको मनकासाथै मतदानमा समेत देखिन्छ ।’

सपाको जित किन भएन, बीजेपी कसरी जिते ?

पछिल्लो केही महिनादेखि जारी रहेको चुनाव प्रचारको क्रममा बीजेपीले धेरै योजनाहरु पनि सुरुवात गरे । विकासका मुद्दादेखि फरक–फरक जातजातिय र महिलाहरुको सुरक्षादेखि अपराध र खाद्यान्न उपलब्ध गराउने जस्ता मुद्दा लिएर चुनावमा लागे ।

यसकासाथै बेला बेलामा ‘अस्सी बनाम बीस’ जस्ता टिप्पणी पनि आइरह्यो । यस्तो बेलामा बीजेपी विजयी हुनुमा कस्तो राजनीतिको कतिसम्म योग्दान रह्यो । के महिला सुरक्षा जस्ता विषयले पश्चिमी उत्तर प्रदेशदेखि पूर्वाञ्चलसम्ममा बीजेपीले समर्थन पाएको हो वा अन्य नै कारण छन् ?

सो विषयमा हिन्दू विजनेशलाइनका राजनीतिक सम्पादक पूर्णिमा जोशीले मुख्यतः हिन्दुत्व र अन्य मुद्दालाई आत्मसाथ गरेर अघि बढेका कारण नतिजा बीजेपीको पक्षमा आएको बताए ।

नतिजाबाट भविष्यको लागि संकेत

चुनावको नतिजाले बीजेपीको आन्तरिक संरचना र राष्ट्रिय राजनीतिकमा पर्नसक्ने असरबारे चर्चा जारी छ । सामाजिक सञ्जालदेखि टेलिभिजनसम्ममा चुनावको नतिजालाई लिएर आ–आफ्नो तरिकाले आकलन गरिरहेका छन् ।

तर, प्रश्न यो छ की बीजेपीका लागि एउटा अरु चुनावमा विजयी हुनु हो की जसरी पश्चिम बंगलामा एउटा चुनावमा हार वेहोर्नु थियो वा यसको अर्थ केही फरक छ ।

बीबीसी र इण्डियन एक्सप्रेसका वरिष्ठ पत्रकार सीमा चिश्तीका अनुसार चुनावको नतिजाले बीजेपीको वैचारिक जित देखिन्छ । बीबीसी हिन्दीबाट

Author:



क्याटोगरी छान्‍नुहोस