सर्लाहीमा गोली हानेर युवकको हत्या

सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा गोली हानेर एक युवकको हत्या भएको छ । बुधबार साँझ मलंगवा नगरपालिका–९ कृष्णामती विद्यालय पछाडि गोली चलेको हो ।

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरी फरार भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस