मधेश प्रदेशका २१ सहित ७१ निर्वाचत अधिकृतलाई हटाइयो (सूचीसहित)

जनकपुरधाम । निवार्चन आयोगले मधेश प्रदेशका २१ जना सहित ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ‘विभिन्न कारण’ उल्लेख गरेर उनीहरुलाई हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको छ ।

सूचनाअनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा खटाइएका २१ जनासहित ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । त्यस्तै, नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतहरू चैत २९ गतेभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ ।

आयोगले चैत १३ गते स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति गरेको थियो ।

Nirwachan-aayog (1)
Author:



क्याटोगरी छान्‍नुहोस