व्यवसायिक पशुपालक किसानलाई अनुदानमा च्याप कटर (भिडिओ)

राजविराज, २४ चैत । सप्तरीको रुपनी गाउँपालिकाले विहिवार व्यवसायिक पशुपालक किसानहरुलाई अनुदानमा च्याप कटर मेसिन वितरण गरेको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई च्याप कटर मेसिन उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष हरेराम यादवले सो मेसिन किसानहरुलाई हस्तान्तरण गरेका छन् । मेसिन हस्तान्तर गर्दै उनले माग गरेकामध्ये ५५ जना किसानलाई च्याप कटर उपलब्ध गराइएको बताए ।

‘जम्मा १४१ जना किसानले च्याप कटर माग गरेका छन्, सोही अनुसार हामीले विशेष परिषद् गर्यो’ उनले भने–‘पहिलो चरणमा ५५ जना व्यवसायिक किसानलाई च्याप कटर उपलब्ध गराएका छौं र बाँकीलाई पनि एक साताभित्रै उपलब्ध गराउने तयारी छ ।’

उनले किसानले पाएका मेसिनको सहयोगले व्यवसायिक रुपमा पशुपालन गरिरहेकाहरुलाई थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस