स्रोत नखुलेको तीन लाख भारतीय रुपैयाँसहित चार जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका १ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारतको सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् ।

सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–१५ रानी सिमा स्थित जाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको उक्त भारतीय रुपैँया सहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । सोही सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस