मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिका–४ ईमलिया टोल–पटेलचौकको बीच सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिआर ०५ एच १६८६ र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल जुधेर दुर्घटना भएको हो । दुर्घटनामा बाराको आदर्शकोतवाल गाउँपालिका–४ का २२ वर्षीय कमोद यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पतालतर्फ पठाउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन् । सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस