सप्तरीमा टेण्ट खोल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

राजविराज । सप्तरीमा विवाहको लागि लगाइएको टेण्ट खोज्ने क्रममा करेन्ट लागेर विहिवार एक युवकको मृत्यु भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा अस्थायी बसोबास गर्दै आएका राजविराज नगरपालिका–१४ निवासी १९ वर्षीय शत्रुधन मण्डललाई छिन्नमस्ता गाउँपालिका–३ सखडामा करेन्ट लागेको थियो ।

करेन्ट लागेर चिकिस्त बनेका मण्डललाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस