सप्तरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

राजविराज । सप्तरीमा  मोटरसाइकल दुर्घटना हुँदा तीन जना युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुर स्थित हुलाकी सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका – ३ का ३० वर्षीय पप्पु यादव, २६ वर्षीय संदिप यादव र २८ वर्षीय रंजित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शुक्रवार मध्यराति हुलाकी सडक खण्डमा पश्चिम तर्फ जादै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जादै गरेको प्र.१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरु गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गर्न लग्दा चिकित्सकले मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार दुबै मोटरसाइकल नियन्त्रणमा राखी घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस