सप्तरीमा डुबेर एक बालिकाको मृत्यु

file photo

राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा नम्बर ५ बस्ने रविन्द्र यादवको ६ वर्षीया छोरी अनुषा कुमारी यादवको डुबेर मृत्यु भएको हो ।

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस