आइतवार र सोमवार उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको अपील

जनकपुरधाम । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत आइतवार र सोमवार (११ र १२ गते) उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपील गरेको छ ।

शनिबार आयोगले गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख ३० गतेदेखि हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्न आग्रह गरेका हुन् ।

निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरुलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाई दिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई आयोगले आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780