राजविराज, १० वैशाख । नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मो. इस्लाम मियाँ पार्टी परित्याग गरेका छन् । उनी राजविराजमा आयोजना शनिवार आयोजना गरिएको एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतले मियाँलाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
मियाँ अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाको बोदे बर्साइन नगरपालिकाका मेयर पदमा चुनाव लडेका थिए भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि सप्तरी क्षेत्र नम्वर ४ बाट एमालेका उम्मेदवार थिए ।
उनी पुनः सो स्थानीय तहबाट मेयर पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् भने सोही अनुसार नै माओवादी केन्द्रमा प्रवेश गरेको र मेयर पदमा उनलाई नै उम्मेदवार बनाउने तयारी रहेको माओवादी केन्द्रका एक नेताहरुले बताए ।