जसपा : मन्त्री रेणुद्वारा स्थानीय तहको टिकटमाथि कब्जा

राजविराज, १० वैशाख । स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको पूर्व सन्ध्यामा जनता समाजवादी पार्टी (जसपा) नेपालकको टिकट संघीय मन्त्री रेणुकुमारी यादवले कब्जामा राखेकी छन् ।

जसपा केन्द्रीय समितिले पार्टीका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादव मार्फत प्रदेश समितिलाई हस्तान्तरण गर्न पठाइएको थियो । राजधानीबाट टिकट लिएर आएकी यादवले बर्दिवासको एक होटलमा पर्सा जिल्लाको टिकट वितरण गरेको प्रदेश समिति सदस्य मनोज देवले जानकारी दिए ।

प्रदेश समिति छलफलमै रहेको बेला मन्त्री यादवले प्रदेश र जिल्ला समिति पर्सालाई जानकारी नै नदिई आफु खुशी टिकट वितरण गरेको प्रदेश सदस्य देवले बताए । मन्त्री यादवले सप्तरी जिल्लाको स्थानीय तहको टिकट पनि आफैंले भनेको व्यक्तिलाई दिनुपर्ने भन्दै प्रदेश समितिलाई टिकट हस्तान्तरण गर्न मानेकी छैनन् ।

मन्त्री यादवको गतिविधिले पार्टीका आस्थावान कार्यकर्तालाई पाखा लगाउने प्रवृति देखिएको प्रदेश समिति सदस्यहरुको भनाई छ ।

जसपा मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश यादवले मन्त्री रेणुले टिकट लिएर राजधानीबाट आएको र अहिलेसम्म प्रदेश समितिमा नदिएको बताए । ‘टिकट कब्जा त नभनौं तर टिकट चैं अझै प्रदेश समितिको जिम्मा दिएको छैन्’, मुख्यसचिव यादवले बताए ।

टिकट वितरणमा प्रदेश समितिको अधिकारमाथि मन्त्री रेणु यादवले अनावश्यक हस्ताक्षेप गरेकोले प्रदेश समिति, जिल्ला समितिका पदाधिकारी र सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी गरेको बताइएको छ।

सो बारे मन्त्री यादवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780