स्थानीय निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता

जनकपुरधाम । स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ भने १२ गते नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गतेमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए ।

वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । त्यस्तै १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस