जसपाले बोदे बरसाइन–३ मा टुंगो लगाए उम्मेदवार, वडाध्यक्षमा पप्पुकुमार यादव

राजविराज, ११ वैशाख । स्थानीय तह निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा)ले बोदे बरसाइन नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष पदमा उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीबाट प्रदान गरिएको टिकटअनुसार युवा नेता पप्पुकुमार यादव वडा अध्यक्षमा उम्मेदवार बनेका हुन् । टिकट पाएसँगै यादवले भोली (सोमवार) मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

२८ वर्षीय नेता यादले पार्टी आवद्ध नेता–कार्यकर्तासँग निर्वाचनमा सहयोगको लागि आग्रह गर्दै पार्टीले विश्वास गरेर आफुलाई टिकट दिएको प्रति अभार व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस