बोदे बरसाईनमा मेयरका लागि क–कसले दिए उम्मेदवारी?

राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिकामा मेयर र उपमेयर पदका लागि १५ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

जनता समाजवादी समाजवादी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी (जपा), नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत पार्टी (एस)र स्वतन्त्रबाट उनीहरुले मनोनयन पत्र दर्ता गराएका हुन् ।

ती दल र स्वतन्त्र गरी मेयरका लागि ८ र उपमेयरका लागि ७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जसपाबाट मेयरमा आतेशकुमार सिंह यादव, उपमेयरमा रेणुकुमारी साह, कांग्रेसबाट मेयरमा दिपेन्द्र कुमार यादव, उपमेयरमा पुनिता कुमारी साह, लोसपाबाट मेयरमा अमरेन्द्र प्रसाद यादव, उपमेयरमा ममता कुमारी साहले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, एमालेबाट मेयरमा अनोज कुमार यादव, उपमेयरमा कविता कुमारी साह, माओवादी केन्द्रबाट मेयरमा मो.इस्लाम मियाँ, उपमेयरमा शिला कुमारी यादव, एसबाट मेयरमा महेन्द्र प्रसाद यादव, उपमेयरमा पार्वतीदेवी चौधरी, जपाबाट मेयरमा थनेश्वर प्रसाद साह, उपमेयरमा मिनुदेवी यादव र स्वतन्त्रबाट मेयरमा बालेश्वर प्रसाद यादवले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आतेशले गराए दोस्रो कार्यकालको लागि मनोनयन

मेयर पदमा जसपाका उम्मेदवार आतेश कुमार सिंह यादवले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका छन् । उनी अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर पदमा निर्वाचित भएका थिए ।

पछि तत्कालीन राष्ट्रिय जनता पार्टीसित संघीय समाजवादी फोरम एकिकृत भएपछि हाल सोही जनता समाजवादी पार्टी बनेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780