परम्परागत सङ्गीत, वाद्य, वादन केन्द्रित कार्यक्रम आयोजन हुने

राजविराज । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सप्तरीमा मिथिलाको परम्परागत सङ्गीत कला, वाद्य, वादन केन्द्रित कार्यक्रम हुने भएको छ ।

प्रतिष्ठानको ‘एक प्रदेश, एक परम्परा’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशमा व्याप्त मिथिलाको परम्परागत सङ्गीत कला, वाद्य, वादन सम्बन्धी कार्यक्रम जेठ १४ गते सप्तरी स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर परिसरमा आयोजन गरिने भएको हो । ‘परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षिको संयोजन तथा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा राजविराजमा उक्त विषयमा छलफल गरिएको जनाईएको छ ।

निर्णय अनुसार २०७९ जेठ १४ गते आयोजन गरिने उक्त कार्यक्रममा मिथिलाको परम्परागत वाद्य, वादन को अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुतीकरणका साथै परम्परागत ढोल, पिपही, नकुवा, मृदङ्ग, ताशा इत्यादि वादन–प्रस्तुत गरिने जानकारी प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षिले दिए ।

उक्त छलफलमा मैथिली साहित्य परिषद(मैसाप),राजविराज र मिथिला साहित्य–कला प्रतिष्ठान (मिलाफ) नेपालका पूर्व अध्यक्ष देवेन्द्र मिश्र, मिलाफका सहसचिव तथा लोक गायक सुभाष विरपुरिया, सदस्य तथा मैथिली अभियानी शम्भुश्री, मैसाप आजीवन सदस्य मीरा मिश्रा, हरिनारायण यादव लगायतको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस