जसपाका कार्यालय सचिव अधिकारीमाथि हमला, अध्यक्षद्वारा भत्र्सना

जनकपुरधाम, २० वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवम् कार्यालय सचिव प्रकाश अधिकारीमाथि मंगलबार राति हमला भएको छ ।

काठमाडौंदेखि सिरहाको गोलबजारस्थित आफ्नो घरतर्फ जाने क्रममा घुर्मी पुलमा १५–२० जनाको समूहमा आएका व्यक्तिहरुले गाडी रोकेर उनीमाथि हमला गरेका हुन् । हमलाबाट अधिकारीलाई चोटपटक लागेको प्रेस मञ्च नेपालका केन्द्रीय सचिव अवरेन्द्र यादवले जानकारी दिए ।

उनलाई उपचारको लागि लाइफ लोङ हेल्थ केयर प्रालिमा भर्ना गरिएको छ । समूहमा भएका ती व्यक्तिहरुले गाडी रोकेर अचानक गाडीमा तोडफोड गर्दै अधिकारीमाथि कुटपिट गर्न थालेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्नासाथ उनीहरु फरार भएको बताइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले सो घटनाको भत्र्सना गरेका छन् । ‘पार्टीका कार्यकारिणी सदस्यमाथि भएको घटना घोर निन्दनीय छ, कडा रुपमा भत्र्सना गर्दछु ।’, अध्यक्ष यादवले मधेशलाइभसँग भने ।

Author:



क्याटोगरी छान्‍नुहोस