प्रेस स्वतन्त्रता हननका घटना बढ्दो

जनकपुरधाम । नेपालमा पछिल्लो एक वर्षमा ७५ वटा प्रेस स्वतन्त्रता हननका घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् ।

नेपाल पत्रकार महासंघले आज सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ मा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । ‘गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुको संख्यामा वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाईमा यस वर्ष विभिन्न प्रकृतिका ७५ वटा घटना दर्ता भएका छन् जसमध्ये सबैभन्दा बढी पेशागत असुरक्षासम्बन्धी घटनाहरु रहेका छन् ।’

गतवर्ष यसै अवधिमा जम्मा ४५ वटा घटना रेकर्ड भएका थिए । यस वर्ष दर्ता भएका ७५ वटा घटनामा २८१ पत्रकार तथा सञ्चार गृहहरु प्रभावित भएको महासंघले जनाएको छ । सबैभन्दा बढी घटना बागमती प्रदेशमा देखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780