कक्षा १ बाटै अंग्रेजीमा पठनपाठन गर्ने कांग्रेसको प्रतिवद्धता

राजविराज । नेपाली कांग्रेसले सप्तरीको कञ्चनरुप नगरपालिकामा एक कक्षाबाटै अंग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

उक्त नगरपालिकामा कांग्रेसबाट मेयरका प्रत्यासी ललनप्रसाद गुप्ताले चुनावी घोषणा–पत्र सार्वजनिक गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको घोषणा पत्रमा नगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुलाई स्तरोन्नतिका लागि लगानी वृद्धि गर्ने, प्रत्येक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गर्ने तथा प्रत्येक ६–६ महिनामा अभिभावक र शिक्षकबीच अन्तरक्रियाको कार्यक्रम घोषणा पत्रमा समावेश गरिएको छ ।

गुप्ताले दलित समूदायको उच्च शिक्षामा पहुँचका लागि विशेष योजना ल्याइने, दलित महाविद्यालय स्थापना गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । यसैगरी स्वास्थ्यतर्फ गरिब, विपन्न, ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंमसेविका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, दिर्घ रोगीलाई लक्षित गरी ‘विरामीसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ ।

सबै वडामा एम्बुलेन्स, महिनावारी प्याड (स्यानिटरी प्याड) उद्योग सञ्चालन गरी सबै महिलाहरुको लागि निःशुल्क प्याडको व्यवस्था मिलाइने गुप्ताले घोषणा पत्रमा उल्लेख गरेका छन् । कृषितर्फ आवश्यकताअनुसार सबै वडामा समरशेल (बोरिङ) प्रदान गरिने, कृषि मण्डी तथा विउ विजन गोदाम स्थापना गरिने घोषणा पत्रमा समावेश गरिएको छ ।

यसैगरी एक वर्षभित्र दुई उद्योग स्थापना गर्ने, नगर बस सेवा सञ्चालन तथा ‘एक वडा, एक पानी दमकल’को व्यवस्था गरिने घेषणा पत्रमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस