एक करोड ३२ लाख मतपत्र ढुवानी

जनकपुरधाम । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरेको छ ।

मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी छ । ७५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उनले बताए । ३५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस