सप्तकोशीमा माओवादीको प्रतिवद्धता–पत्रः चूरे संरक्षणदेखि गर्भवतीलाई मासिक भत्तासम्म

राजविराज, २४ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट मेयरका प्रत्यासी रविन्द्र चौधरीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा खेलकुद शिर्षकमा छुट्टाछुट्टै प्रतिवद्धता जाहेर गरिएको छ ।

नदी तथा खहरे खोल नियन्त्रण, चूरे दोहनमा बन्देज, जंगली जनावरबाट हुने क्षति न्यूनिकरण, बालीनाली संरक्षण गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । त्यस्तै, ल्याण्ड फिल्ड साइटको व्यवस्था, बजार व्यवस्थापन, फोहरमैला व्यवस्थापन, सुरक्षित पार्किङ, सौर्यबत्तिको व्यवस्थाका लागि प्रतिवद्धता जनाइएको छ ।

सबै सामूदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन, प्राविधिक शिक्षाको व्यवस्था, गोबरर्दन जनता क्याम्पसमा बीसिए÷बीएससी, सिएसआइटी कार्यक्रम लागू गर्ने उल्लेख गरिएको छ । त्यस्तै, विपन्न तथा असहाय, श्रमिक महिला गर्भवति हुँदा एक वर्षसम्म प्रति महिना १ हजार सुत्केरी भत्ता दिने, गुणस्तरीय स्वास्थ्य सेवा, विशेषज्ञ सेवा सहितको सामूदायिक अस्पताल, समय समयमा विशेषज्ञ चिकित्सकको स्वास्थ्य शिविर, घरदैलो स्वास्थ्य सेवा सञ्चालन र उप प्रमुख सत्केरी महिला कार्यक्रम लागू गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

सिंचाई प्रणालीको व्यवस्थापन, अनुदानसहित सामूहिक, वैज्ञानिक, कृषि तथा पशुपालन कार्यक्रम, निःशुल्क पशु बीमा र आधुनिक पशुपन्छी स्वास्थ्य सेवा केन्द्र विस्तार जस्ता कार्यक्रम लागू गर्ने प्रतिवद्धता गरिएको छ ।

हेडबाँध, कमलदह, तुलसी चौक लगायतका क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्र बनाइने, नगर खेलकुद विकास समिति गठन गर्ने, योग्य खेलाडी उत्पादन गर्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने तथा युवाहरुलाई दुव्र्यसनबाट बचाउने उपाय अवलम्बन गरिने प्रतिवद्धतामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस