७७ जिल्लामै पुग्यो मतपत्र

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ ।

आयोगले वैशाख १३ गतेदेखि कडा सुरक्षा प्रबन्धका साथ मतपत्र जिल्लाजिल्लामा पठाउन शुरु गरेकोमा निर्वाचनको आउन एक साता बाँकी रहेको अवधिसम्म सबै जिल्लामा मतपत्र पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सडकमार्ग सहज नहुने जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित स्थानीय तहका लागि प्याकिङ गराई चाँडै स्थानीय रूपमा मतपत्र ढुवानी गराउने आयोगका प्रवक्ता पौडेलको भनाइ रहेको छ ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल २ करोड ७ लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका थिए । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780