मोदीको ‘धार्मिक कूटनीति’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउन लागेका मोदीले लुम्बिनीबाट धार्मिक सन्देश दिने उद्देश्य राखेका छन् । हिन्दू ‘सेन्टिमेन्ट’पछि मोदीले बौद्ध धर्मालम्बीमार्फत धार्मिक कूटनीति बढाउन खोजेका हुन् । मोदीको नेपाल पाँचौं भ्रमण हो । नेपाल सरकारले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र बनाएको छ ।

मोदीले लुम्बिनीमा आयोजना हुने विशेष पूजाआजा तथा ध्यानमा केन्द्रित हुनेछन् । बिहारको राजधानी पटनाबाट भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आउन लागेका मोदीले मायादेवी मन्दिरमा १ घण्टा बिताउनेछन् । साथै अशोक स्तम्भमा दीप प्रज्वलन र पुष्करणी पोखरीको दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच लुम्बिनीमै औपचारिक वार्ता हुनेछ । देउवाको पछिल्लो भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध छलफल केन्द्रित हुनेछ । मोदीको यो भ्रमणलाई पारस्परिक (रेसिप्रोसिटी) भ्रमण ठानिएको छ । दोस्रोपटक प्रधानमन्त्री बनेयता मोदीको यसपटकको आगमन द्विपक्षीय समझदारी– सम्झौताभन्दा मनोमालिन्य हटाउने हिसाबले महत्वपूर्ण हुने आँकलन छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस