छिन्नमस्ताको अध्यक्षमा लाेसपाका विद्यानन्द विजयी

काठमाडौं, ८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लाेकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा विद्यानन्द चाैधरी १ हजार १२९ मतको अग्रतासहित विजयी हुँदा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजुदेवी यादव ८७७ मतान्तरले विजयी भएकी हुन् । अध्यक्षमा विद्यानन्दले २ हजार ८९५ मत प्राप्त गरेर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादवले १ हजार ७६६ मत प्राप्त गरे । त्यस्तै, उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार यादव २ हजार ४७२ मत प्राप्त गरेर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी प्रमिलादेवी साहले १ हजार ५९५ मत प्राप्त गरे ।
Author:



क्याटोगरी छान्‍नुहोस