रुपनीको अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

राजविराज, ८ जेठ । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी जितेको छ ।
लोसपाबाट अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । यादवले ४ हजार ४६९ मत र श्रेष्ठले ३ हजार ७१० मत निर्वाचित भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका हरेराम यादवले ३ हजार ९३५ मत प्राप्त गरे ।
हरेराम निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । त्यस्तै, उपाध्यक्षमा विजयी भएकी श्रेष्ठले ३ हजार ७१० मत ल्याएकी छिन् । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी जसपाकै बेचनीकुमारी सरदारले ३ हजार ६५४ मत प्राप्त गरिन् ।
Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780