अब मधेश प्रदेशबाटै अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण

जनकपुरधाम, १३ जेठ। मधेश प्रदेशमा पनि शुक्रवारबाट अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य सुरु भएको छ ।

जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य सुरु गरेको हो । शुक्रवारै प्राधिकरणमा आयोजना गरिएको एक कार्यक्रमका बीच मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य उद्घाटन गर्दै सुरु गरेका हुन् ।

उद्घाटन गर्दै मन्त्री साहले यसअघि अनलाइन दर्ता र नवीकरणका निम्ति काठमाडौं धाउनुपर्ने बाध्य अन्त्य भएको बताए । पहिलो सेवाग्राहीका रुपमा दर्ता गराएका ‘द प्रदेश टाइम्स्’ नामक अनलाइनको दर्ता प्रमाणपत्र पनि मन्त्री साहले हस्तान्तरण गरेका हुन् ।

आमसञ्चारको वेबसाइट उद्घाटन

सोही कार्यक्रममा मन्त्री साहले आमसञ्चार प्राधिकरणको वेबसाइट पनि शुभारम्भ गरेका छन् ।

शुभारम्भ गरिएको एमसीए मधेश डट जीओभी डट एनपी नामक अनलाइनमा प्राधिकरणबाट हुने सबै सेवाबारे जानकारी राखिने प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस