आफ्नै भाउजुलाई पेट्रोल छर्केर आगो लगाइदिएका परमेश्वर पक्राउ

राजविराज, १६ जेठ । सप्तरीमा आफ्नै भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बरसाईन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह छन् ।

परमेश्वरले २०७८ माघ २१ गते खाना पकाइरहेका आफ्नै दाजु रविन साहकी २७ वर्षीया पत्नी राजकुमारी साहलाई जिउभरि पेट्रोल छर्केर आगो लगाइदिएका थिए । शरीरभरि आगो लागेर गम्भीर बनेकी राजकुमारीको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका परमेश्वरलाई ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

परमेश्वरमाथि म्याद थप गराई थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस