विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

जनकपुरधाम। तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउने २२ जनाकै शव फेला परेको छ । गत आइतवार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो । सोमवार बिहान सो विमान मुस्ताङको थसाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

विमानमा रहेका २२ जनाकै शव फेला परेको नेपाली सेनाले जानकारी दिएको छ । २१ जनाको शव सोमबार नै फेला परेको थियो भने थप एक जनाको शव मंगलबार बिहान भेटिएको हो ।

निधन भएकामध्ये १० जनाको शव सोमबार काठमाडौं ल्याइएको थियो । अन्य १२ जनाको शव पनि आज काठमाडौं ल्याउने तयारी भइरहेको जनाएको छ । विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस