निजगढ विमानस्थल सार्ने षड्यन्त्र स्वीकार्य हुँदैनः मुख्यमन्त्री राउत

निजगढ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश विकासका लागि अति महत्वपूर्ण रहेको निजगढ विमानस्थल सार्ने षड्यन्त्र आफुहरुलाई स्वीकार्य नहुने बताएका छन् । निजगढमा विमानस्थल बन्नु पर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कार कार्यक्रममा विहिवार उनले कुनै पनि बहानामा विमानस्थल सार्न नमिल्ने बताए ।

उनले सर्वोच्च अदालतको फैसला अझैं पूर्ण आइनसकेकोले नआतिन निजगढवासीलाई आग्रह ग रे । ‘निजगढ विमानस्थल बन्नु पर्नेमा हामी दृढ छौं, तर विमानस्थलको नाउँमा अनावश्यक रुख कटानी गर्न चैं दिँदैनौं’ उनले भने–‘विश्वको सबैभन्दो ठूलो विमानस्थल होइन, नेपालको लागि सुहाउँदो विमानस्थल बनाउनका लागि प्रदेश सरकार हर सम्भव प्रतिबद्ध छ ।’

विमानस्थलको नाउँमा जंगल नै सिद्धाउने चलखेल हुँदै भइरहेको प्रति निजगढवासीलाई सचेत गराउदै मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा पनि शुरु गर्न गराउनका लागि दवाव दिन आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस