मोरङबाट आठ किलो गाँजासहित तीन युवक पक्राउ

विराटनगर । मोरङमा आठ किलो गाँजासहित तीन जना युवकलाई गरिएको छ । पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् ।

जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा आइतबार साँझ शंकास्पद रुपमा हिंडिरहेका तीनै जनालाई चेकजाँच गरेपछि उनीहरुको साथबाट आठ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको तीनैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस