जन्ती बोकेर आएको स्कारपिओले ठक्कर दिँदा एकको मृत्यु

राजविराज, १३ असार । सप्तरीमा जन्ती बोकेर आएको स्कारपिओले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका–१ कविलासमा बा१८च ९३९० नम्वरको स्कारपिओले वडा नम्वर ४ भुतहीका पैदलयात्री ५० वर्षीय रघुबीर रामलाई गए राति ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स्कारपिओ र चालकलाई नियन्त्रणमा राखि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस