नवनियुक्त मन्त्रीहरूको सपथ आज

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको शपथ आज हुँदैछ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् । जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथको कार्यक्रम सोमबार बिहान ११ बजेलाई तय गरिएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस