जिसस सप्तरीमा काँग्रेसका साह निर्वाचित

राजविराज । जिल्ला समन्वय समिति (जिसस) सप्तरीको प्रमुखमा नेपाली काँग्रेसका शिवनारायण साह निर्वाचित भएका छन् । उनी कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नेकपा एकीककृत समाजवादी (एस) गठबन्धनकातर्फबाट साझा उम्मेदवार थिए ।

साहले २३ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी–नेकपा एमाले गठबन्धनकातर्फबाट उम्मेदवार रहेका जसपाका छेदी यादवले ११ मत ल्याएका थिए ।

कुल ३६ वटा मतमध्ये प्रमुख पदमा २ वटा मत बदर भएको थियो । त्यस्तै, उप–प्रमुखमा पनि काँग्रेस, लोसपा, जनमत र नेकपा एस गठबन्धनकै उम्मेदवार लोसपाका शम्भु कुमार यादव निर्वाचित भएका छन् । उनले २० मत ल्याए ।

त्यस्तै, सदस्यहरुमा सोही गठबन्धनका जागेश्वर यादव (काँग्रेस) २३ मत, रंजिता कुमारी चौधरी (काँग्रेस) २२, सत्य नारायण मण्डल (लोसपा) २०, सविता कुमारी साह (नेकपा एस) २३, बहुरी भगत (नेकपा एस) २३, प्राणवत्ती सरदार (जनमत) २३ र बृद्धिलाल यादव (जनमत) २४ मत ल्याएर निर्वाचित भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस