अबका तीन दिन कोशीसहित यी नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने

राजविराज । कोशी नदीसहित देशका केही नदी तथा खोलाहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

अबका तीन दिन कोशी, कमला, वाग्मती, नारायणी र यसका साना सहायक नदीहरूमा जल सतह उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । त्यस्तै, कनकाई, पश्चिम राप्ती, कर्णाली, महाकाली, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

पूर्वानुमान महाशाखाले नदी नाला तथा खहरे खोला आसपास बसोवास गर्नेहरुलाई आवश्यक सतर्कता अपनाउन अनुरोध समेत छ ।

Author:



क्याटोगरी छान्‍नुहोस