लोसपा र लोक दलबीच आज पार्टी एकिकरण हुँदै

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकिकरण हँदैछ । लोसपाका सचिव रञ्जित झाका आज दिउँसो साढे २ बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुनेछ ।

सो सभामा लोसपा र कौशल सिंह नेतृत्वको लोक दलबीच पार्टी एकीकरण हुने बताइएको छ । सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति अनुसार एकीकरण हुन लगेको बताइएको छ ।

आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरी पार्टी एकीकरण र गठबन्धन हुने क्रम चलिरहेको छ । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) लोकतान्त्रिकबीच पार्टी एकिकरण भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस