सरकारले घटायो पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेका हुन् ।

उनका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ ।

आज बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति गरेसँगै सरकारले मूल्य घटाएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस