उदयपुरमा चट्याङ लागेर चौधरीको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । वडा नम्वर ५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मृत्यु भएको हो।

खेतबारीमा काम गरिरहेका चौधरीलाई मंगलबार चट्याङ लागेको थियो । चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780