नागरिकता सम्बन्धि नयाँ विधेयक संसदमा लैजाने सरकारको तयारी

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा बैवाहिक अंगिकृत सम्बन्धि बुँदा झिकेर नयाँ विधेयक संसदमा लैजाने सहमति बनेको छ । तर अंगिकृत नागरिकका नेपालमै जन्मिएका सन्तानहरुलाई भने वंशजको नागरिकता दिने सहमति पनि भएको बुझिएको छ ।

मंगलबार मात्रै चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

सो विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेकाले मन्त्रिपरिषदले फिर्ता लिने निर्णय गरेको हो ।

अब बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा औपचारिकता पूरा गरेर विधेयक फिर्ता लिनु पर्ने छ । सरकारले बुधबार नै नागरिकता सम्बन्धि अर्को विधेयक लैजाने तयारी पनि गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780