आज बकर इद पर्व मनाइँदै, सार्वजनिक बिदा

जनकपुरधाम । मुस्लिम धर्मावलम्बीले आज हर्षोल्लासपूर्वक बकर इद (इदुल जोहा) पर्व मनाउँदै छन् । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ ।

आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

यसैबीच, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बकर इद पर्वको अवसरमा शुभकामना दिएका छन् । उनले शनिवार शुभकामना संदेश जारी गर्दै पर्वले मधेश प्रदेशका साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनि कामना गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस