निर्वाचनमा बालेन्द्रलाई सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई महानगरको एक करोड

काठमाडौं । काठमाडौं महानगपालिकाका बहुचर्चित मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने रुटिन अफ नेपाल बन्दलाई एक करोडको बजेट विनियोजन गरिएको छ ।

नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको यमबुद्धको शालिकका लागि पनि महानगरकै १५ लाख रुपियाँ विनियोजन गरिएको छ ।

निर्वाचनमा प्रचार गर्ने ‘रुटिनअफ नेपालबन्द’का सञ्चालकले शुरू गरेको ई–स्पोटर्स प्रतियोगिता आयोजना गर्न एक करोड रुपियाँ विनियोजन गरिएको हो । महानगरपालिकाको बजेट तथा कार्यक्रमको मस्यौदाको ८ सय ८२ नम्बरको बुँदामा खेल आयोजना गर्न उक्त रकम विनियोजन भएको प्रमाण हेर्न सकिन्छ । नेपालमा अनलाइनबाट खेलाइने खेलका लागि एक करोड रुपियाँ विनियोजन गर्नु आश्चर्यको विषय बनेको छ ।

करिब ३५ लाख फलोअर्स रहेको रुटिन अफ नेपाल बन्दको नाममा खर्च गर्दा कार्यपालिकालाई जानकारी हुन सक्ने भन्दै मेयर साहले अनलाइन खेलको नाममा १ करोड रुपियाँ विनियोजन गरेको कामपाका उच्च अधिकारीले बताएका छन् । उक्त रकम सामाजिक विकास विभाग र भवन, आवास र शहरी विकास उपक्षेत्र शीर्षकमा विनियोजन गरिएको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस