सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ विरेन्द्र बजारमा विहीबार विहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ जाँदै गरेको स ४ प १३३४ नम्वरको मोटरसइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सोही ठाउँका ५५ वर्षिय दीपनारायण मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । गम्भीर घाइते भएका महतोलाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

सोही क्रममा उनको मृत्यु भएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस