सिरहामा करेन्ट लागेर एक किसानको मृत्यु

लहान । सिरहाको गोल बजारमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । धान खेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राति करेन्ट लागेको हो ।

घर नजिकै खेतमा पानी पटाइरहेका गोलबजार नगरपालिका–८ चोहर्वाका ५५ वर्षीय अशेश्वर मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको थियो । घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस