आजदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै

जनकपुरधाम । आजबाट ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । यहि साउन ८ गतेसम्म पहिलो मात्रा लगाएका केन्द्रबाटै खोप दिने ब्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोपको दोस्रो मात्रा दिइने भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस