आजदेखि १५० सीसी माथिका मोटरसाइकल र स्कुटर आयातमा प्रतिबन्ध

जनकपुरधाम । आजदेखि मोटरसाइकल र स्कुटर आयातमा थप प्रतिबन्ध लागेको छ । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै मोटरसाइकल आयातमा थप प्रतिबन्ध लगाएको हो ।

जसअनुसार अबदेखि १५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल र स्कुटर आयात गर्न नमिल्ने भएको छ ।

भदौ १४ गतेसम्म लाग्ने मोटरसाइकल आयातमा थप कडाई गरिएको छ । यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।

सो प्रतिबन्धमा २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको थियो । त्यस्तै चुरोट, सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा र ३०० डलर माथिका मोवाइल फोन आयातमा प्रतिबन्ध लगाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस