अख्तियारद्वारा दायर अधिकांश मुद्दालाई ‘क्लिन चिट’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामध्ये ७९ प्रतिशतमा विशेष अदालतले सफाइ दिएको छ । विशेष गरी घुस रिसवतसँग सम्बन्धित मुद्दामा अधिकांशले सफाइ पाएका छन् ।

विशेष अदालतका अनुसार २ सय ५९ घुस रिसवत मुद्दामा २ सय ४० जनाले सफाइ पाएका छन् भने १२ जना मात्रै ठहर भएका छन् । तथ्यांक हेर्दा ९२.६ प्रतिशत घुससम्बन्धी मुद्दामा प्रतिवादीले सफाइ पाएका छन् ।

विशेषले घुससम्बन्धी मुद्दामा अख्तियारको अनुसन्धानमाथि प्रश्न उठाए पनि विशेषले भ्रष्टाचार मुद्दामा ठूलो संख्यामा सफाइ दिँदै विशेष अदालतमाथि पनि प्रश्न चिह्न उठ्ने गरेको छ । विशेषले कतिपय अवस्थामा सरकारी कर्मचारीले ‘अनियमित गरी पैसा लिइसके पनि त्यो पैसा असुलउपर गर्न सकिने’ भन्दै त्यस्ता व्यक्तिलाई सफाइ दिएको पाइएको छ । विशेष अदालतले यस वर्ष सबैभन्दा बढी ठहर गरेको मुद्दा नक्कली प्रमाणपत्रमा मात्र हो ।

नक्कली प्रमाणपत्र मुद्दामा ३० थान फैसला गर्दा २५ मा ठहर गरेको छ । पा“च थानमा मात्र सफाइ दिएको छ । सम्पत्ति शुद्धीकरणमा एउटा मुद्दामा सफाइ र अर्कोमा ठहर गरेको छ ।

विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल अख्तियारले दायर गरेको ‘स्टिङ अप्रेसन’ मुद्दामा प्रमाण नपुगेकाले अनुसन्धान नै त्रुटिपूर्ण हुने गरेको दाबी गर्छन् । ‘विशेषले सबै मुद्दामा सफाइ दिएको छैन,’ उनले भने, ‘मिसिल र प्रमाणका आधार पेस भएका कतिपय मुद्दामा ठहर भएको पनि छन् ।’ उनका अनुसार मिसिल र प्रमाणका आधारमा अदालतले फैसला गर्दा कुनै प्रमाण नै भेटिँदैन । ‘प्रमाण अभावमा कुनै पनि मुद्दामा दोषी ठहर गर्न अदालतले सक्दैन,’ अध्यक्ष पौडेलले भने, ‘अनुसन्धान प्रभावकारी नभएसम्म न्याय निरुपण प्रभावकारी हुँदैन ।’ आजको राजधानी दैनिकमा समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस